नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

इछापा संवाददाता २०८२-०४-११
नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला
काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको कार्यवाहकको अध्यक्षको जिम्मा शिव बास्तोलालाई दिएकी छिन् । स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पार्टीकै वरिष्ठ नेता रहेका बास्तोलालाई अध्यक्षको जिम्मा श्रेष्ठले दिएकी हुन् ।

पार्टीको गतिविधिहरूमा अस्वस्थताको कारण सक्रिय सहभागिता हुन असमर्थ रहेकाले कार्यवाहक अध्यक्षको जिम्मा बास्तोलालाई दिएकी उनी बताउँछिन् । ‘यस विषम परिस्थितिमा, हाम्रो नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा (९) बमोजिम, तपाई यस पार्टीको वरिष्ठ नेता शिव बास्तोलालाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि यो पत्रमार्फत तोकिएको छु’, उनले पत्रमा लेखेकी छिन् । स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म यो जिम्मेवारी निरन्तर रहने उनले बताएकी छिन् ।

बहुमत केन्द्रीय सदस्यले अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक शुक्रबार बोलाउन २४ घण्टे अल्टिमेटम दिएका थिए । नाउपाका केन्द्रीय कमिटीका १२ जना सदस्यहरूले विधानको दफा ४१ को उपदफा ६ अनुसार पार्टी अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएका थिए । नागरिक उन्मुक्तिमा रञ्जिता श्रेष्ठ अध्यक्ष छिन् भने अन्य २० जना केन्द्रीय सदस्य छन् ।

पटकपटक आग्रह गर्दा पनि बैठक नबोलाएको भन्दै उनीहरुले २४ घण्टाभित्र बैठक नबोलाएमा साउन ११ गते आइतबार पार्टी केन्द्रीय समितिको बैठक गरेर आवश्यक निर्णय गर्ने चेतावनी पनि अध्यक्ष श्रेष्ठलाई दिएका थिए ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.