१८३ औं पटक गरे कर्माचार्यले रक्तदान

इछापा संवाददाता २०८२-०३-३२
१८३ औं पटक गरे कर्माचार्यले रक्तदान
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले १८३ औं पटकको रक्तदान गर्नुभयो । कञ्चनपुरको महेन्द्रनगरमा अवस्थित नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रमा उहाँले रक्तदान गर्नुभएको हो । कर्माचार्यले १८४ औं पटकको रक्तदान रसुवामा गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजको ४३औं कञ्चनपुर जिल्ला शाखा गठन गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता कर्माचार्यको प्रमुख आतिथ्यतामा गठन गरिएको थियो । शाखामा गोरख पुजार अध्यक्ष, मदन सिंह क्षेत्री उपाध्यक्ष, उत्तम बस्नेत सचिव, विसम्भर नाथ कोषाध्यक्ष, गणेश बोहरा, बीरबहादुर चन्द, शैलेन्द्रराज जोशी, खेमराज ऐरी, कमला थापा पाण्डेय, गीता ओली, तुलसी पनेरू, बिन्दु श्रेष्ठ र पिताम्बर जोशी सदस्यहरू रहनुभएको छ । त्यसैगरी सल्लाहकारहरूमा क्रमशः डा.भोजराज पन्त, मा.डा.हिरा चन्द र प्रकाशबहादुर पाण्डेय रहनुभएको छ ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.