बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामा राजीनामा दिन तयार

इछापा संवाददाता २०८२-०४-१६
बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामा राजीनामा दिन तयार
भक्तपुर । बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामा राजीनामा दिन तयार भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि उनी राजीनामा दिन तयार भएका हुन् ।

संसदीय दलको निर्वाचनमा प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग पराजित भएका लामाले सभापति देउवासँग भेटवार्ता गरेका थिए । बुढानिलकण्ठ पुगेका उनलाई देउवाले सिधै ‘लफडा नलम्ब्याउनुस्’ भनेको बताए ।

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लामालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।
बानियाँले बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

‘उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्छ,’ आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको स्पष्ट गर्दै नेता बानियाँले भने ।

‘हिजो म बुढानीलकण्ठ गएको थिए, सभापतिज्यूलाई भेटेर मैले मेरो कुरा राखेँ,’ लामाले बताए, ‘उहाँले लफडा धेरै भयो, नलम्ब्याउनुस् भन्नुभयो, जनताको काम गर्नलाई पदमै बस्नुपर्छ भन्ने छैन कुरा भयो ।’
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.